Logo

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

श्रृजनशील लघुवित्तको आईपीओ बुधबारदेखि बिक्री खुला भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ ।निष्कासन गरिने कुल कित्ता आईपीओमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ ।
बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा १९ भदौसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भने २९ भदौसम्म थप हुनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो सेयर वेबसाइट तथा एपका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर–एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्