Logo

सानिमा बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सानिमा बैंकको ‘१०.२५% सानिमा डिवेञ्चर २०८९’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।
१० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मंगलबार सूचीकृत गर्न नेप्से र बैंकबीच सहमति भएको हो । उक्त ऋणपत्र सूचीकृत भएसँगै बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको ऋणपत्रलाई नेप्सेले एसबीडी ८९ संकेत दिएको छ ।
यही संकेतमा ऋणपत्र कारोबारमा आउने छ । बैंकको ऋणपत्रको प्रतिकित्ता मूल्य एक हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्