Logo

अभियान लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
कुमारी क्यापिटलका पुष्प शर्मा र अभियान लघुवित्तका रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
अभियान लघुवित्त वित्तीय संस्थाले सातै प्रदेशका २१ जिल्लामा रहेका ६० वटा शाखामार्फत लघुवित्त सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्