सानिमा बैंकका डेपुटी सीईओमा आचार्य

सानिमा बैंकको सञ्चालक समितिले पवन कुमार आचार्यलाई डेपुटी सीईओमा बढुवा गरेको छ ।
सानिमा बैंकसँग स्थापनादेखि आवद्ध आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुख भएर काम गरिसकेका छन् । आचार्य क्रेडिट रिस्क, इनफ्रास्टक्चर माइक्रो फाइनान्सिङ र डिजिटलाइजेसनमा पोख्त मानिन्छन् ।
आचार्यले बैंकिङ र इन्जिनियरिङ गरेर २३ वर्षको अनुभव सँगालेका छन् । उनले एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर स्कुलबाट समग्रमा बोर्ड थर्ड स्थान हासिल गरेका थिए । यसका साथै उनले ५ वर्ष आंशिक प्राध्यापन पनि गरेका थिए र अहिले उनी सानिमा क्यापिटलका सञ्चालक पनि हुन् ।