‘नेकपा एसलाई सम्मानजनक सिट नदिए गठबन्धन टुट्छ’

नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य हंशबहादुर शाहीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सम्मानजनक सिट नदिए गठबन्धन नटिक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमामा गठबन्धन दलहरुबाटै धोका भए पनि आगामी निर्वाचनमा त्यस्तो समस्या दोहरिन नहुने उनको भनाइ थियो ।
समाजवादी प्रेस संगठनले रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एसका कर्णाली प्रदेश सह इन्चार्ज समेत रहेका शाहीले कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि वा प्रदेश सभाको प्रत्यक्ष कुनै पनि एक पदमा नेकपा एसलाई सिट विभाजन गर्नुपर्ने बताए । गठबन्धन दलहरुबाट नेकपा एसलाई सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धनमा आफूहरु सहभागी हुन नसक्ने उनको भनाइ छ ।