सामाजिक सुरक्षा सापटी सेवा मोबाइल एपमार्फत «

सामाजिक सुरक्षा सापटी सेवा मोबाइल एपमार्फत

तीन वर्षअघि औपचारिक क्षेत्रका श्रमिक तथा कर्मचारीलाई लक्षित गरी सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा योजनाअन्तर्गत ३ जनाले सापटी सेवा लिएका छन ।
कोषले भदौ १ बाट सुरु गरेको योगदानकर्ता सापटी सेवा अन्र्तगत पहिलो दिन ३ जनाले सेवा लिएका हुन । सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिक तथा कर्मचारीले योगदानकर्ता सापटीअन्तर्गत ४ सुविधामध्ये मगलबार २ जनाले विशेष सापटी र १ जनाले निवृतिभरण रकम लिएका हुन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरले अनलाई मार्पmत रकम लाभग्राहीको खातामा पठाएका छन ।
सोही अवसरमा सामाजिक सुरक्षा कोष (एसएसएफ एप) समेत सार्वजानिक गरिएको छ । आजबाट सञ्चालन ल्याइएको सो एपमार्पmत योगदानकर्ताले विभिन्न योजनाको रकम भुक्तानीका लागि आवेदन दिन सक्ने जनाईएको छ । सो अवसरमा श्रम मन्त्री कुँवरले ऐपको माध्यमबाट लाभग्राहीले कार्यलयमा भौतिक रुपमा उपस्थित नभई कोषको सेवा लिन सक्ने गरी सेवालाई प्रविधिमैत्री बनाएको बताए ।
सो एपमार्पmत श्रमिक कर्मचारीले कोषमा जम्मा भएको आफ्नो रकमकाबारे जानकारी पाउन, आफ्नो केवाइसी भर्न, अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता बिशेष सापटीका लागि आवेदन दिन सक्ने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । “अस्पतालमा उपचारका लागि योग्य रहे नरहेका बारेमा जानकारी लिनका साथै अतिरिक्त कोषबाट प्रदान गरिने अन्य विभिन्न सुविधाहरू योगदानकर्ताले आफ्नै मोबाइल मार्फत उपयोग गर्न सक्नेगरी स्वचालित विद्युतीय प्रणालीमा आधारित ऐप संलानमा ल्याइएको हो ।” कार्यकारी निर्देशक ज्ञवालीले भने, “आजबाट कोषले लगानीकर्ता सापटी योजना अन्र्तगतका सुविधासमेत सुरु गरेको छ ।”
सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ अनुसारको योगदानकर्ता सापटी अन्तर्गत कोषले योगदानकर्ताको अवकाश योजनाअन्तर्गत पहिलो दिन कोषका योगदानकर्ताहरू बिनयकुमार महतो र पवन बाबु प्रधान र अवकाश भुक्तानीबापत केशव खड्का, सोल्टी होटेल प्रालिलाई प्रदान गरिएको छ । सो अवसरमा मन्त्रालयका सहसचिब एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषका योगदानकर्ताले प्रविधिमैत्री र सर्वशुलभ सेवा सुविधाप्राप्त गर्न सक्ने गरी प्रविधियुक्त सेवा विस्तार गरिएको र भविष्यमा यसलाई थप प्रभावकारी बनाउने बताए ।
कोषमा योगदान रकम नियमित जम्मा गरेको ३ वर्षपछि सापटी लिन सकिने व्यवस्था रहेको हुनाले ३ वर्ष पुगेका सबैले सरल प्रक्रियामा सापटी लिन सक्ने कोषले जनाएको छ । विशेष सापटी लिएका योगदानकर्ताले मासिक तलवबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटकपटक वा एकै पटक जम्मा गरी सापटी रकम चुक्ता गर्न सक्ने जनाईएको छ ।
कोषबाट प्रदान गरिने विशेष सापटी माग गर्ने तथा भुक्तानी अनलाइन प्रणालीको मार्पmत समेत गर्न सकिने छ । सापटी लिन चाहने योगदानकर्ताले आफू कार्यरत कार्यालयको सिफारिस साथ कार्यालयको छाप लगाई कोषको कार्यालयमा पेश गर्नुपर्ने छ । विशेष सापटी नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि पेश गरेको तत्कालै नगद पाउने भएकाले यसमा आकर्षण बढ्ने कोषको अनुमान छ । विशेष सापटी बाहेक अन्य सापटीको हकमा भने कोषले ताके अनुसार धितो राख्नु पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्