एनएमबिका ग्राहकलाई बुद्घ र यती एयरमा क्यासब्याक «

एनएमबिका ग्राहकलाई बुद्घ र यती एयरमा क्यासब्याक

चाडपर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर सुरु गरेको छ ।
बैंकका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ३५० र ५०० रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन् । क्यासब्याक सुबिधाका लागि ग्राहकले आफ्नो एनएमबि कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्