यस्तो छ एनएमबि म्युचुअल फण्डको वित्तीय विवरण «

यस्तो छ एनएमबि म्युचुअल फण्डको वित्तीय विवरण

एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी हाइब्रिड फण्ड एल–१, एनएमबी फिफ्टी र एनएमबी सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८/०७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।
एनएमबी हाइब्रिड फण्ड एल–१ को २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाइ खूद सम्पत्ति मूल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आव २०७८/०७९ को लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरी ३१ साउनमा बुक क्लोज गरिसकेको छ ।
एनएमबी फिफ्टी को २०७९ असारमा प्रतिइकाइ खूद सम्पत्ति मूल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मूल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आव २०७८/०७९ का लागि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरी ३१ साउनमा बुक क्लोज गरिसकेको छ ।
एनएमबी म्युचुअल फण्डअन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबी सरल बचत फण्ड–इ’ रहेको छ । विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा खूद सम्पत्ति मूल्य ९ रुपैयाँ ११ पैसा कायम छ ।
एनएमबी क्यापिटलको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ २६ साउन २०७९ देखि निष्काशन भइरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाइमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा ९ भदौसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्