हिमपर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता «

हिमपर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता

हिमपर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सेयर निस्कासन सम्बन्धी सम्झौता भएको छ,
उक्त सम्झौतामा हिमपर्वत हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सीबीाईएल क्यापिटलले हिमपर्वत हाइड्रोपावरको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
हिमपर्वत हाइड्रोपावरले दोलखा जिल्लामा २० मेगावाटको सागँुखोला जलविद्युत आयोजना र ५.५० मेगावाटको सागँुखोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्