कांग्रेस केन्द्रीय समितिमा थपिए १० महिला सदस्य «

कांग्रेस केन्द्रीय समितिमा थपिए १० महिला सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन् । पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम देउवाले १० जना महिला केन्द्रीय सदस्य थपेका हुन् ।
थपिएका केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) छन् । यस्तै कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ । सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन् । त्यसमध्ये २३ केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्