घरको छतमा नै ड्रागन फलको खेती «

घरको छतमा नै ड्रागन फलको खेती

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ फुद्वांगका मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएका छन् । ३ वर्षदेखि आफ्नै घरको छतमा र नजिकैको खेतमा गरेको ड्रागन फलको खेतीबाट राम्रो आम्दानी भएको कृषक मेघबहादुर भट्टराईले बताए ।
यस वर्ष ड्रागनले राम्रो उत्पादन दिएको र १० क्विन्टल उत्पादन हुने कृषक भट्टराईको भनाइ छ । १ बोटमा ५० किलोसम्म फलेको छ । बिक्रीका लागि कुनै समस्या नभएको र अहिले १ हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको कृषक भट्टराईले बताए । अहिले ड्रागन खोज्दै घरघरमा आएर लैजाने गरेको उनको भनाइ छ ।
पूर्व मन्त्री लोकेन्द्र विष्टको खेतीबाट प्रभावित भएर ड्रागन खेती सुरु गरेका भट्टराईले भने, “सुरुसुरुमा त घरका छतमा र धान फल्ने खेतमा खेती गर्छु भन्छ । कसैले नदेखेको फल यो बौलायो भनेर पनि भने तर अहिले सबैले बिरुवा माग्ने गरेका छन् । सबैले बिरुबा लगाउन सुरु गरेका छन् ।”
ड्रागन फ्रुटले एकपटक लगाएपछि लगातार १५ वर्षसम्म फल दिने गर्दछ । यसको खेती गर्न र स्याहार सुसारमा पनि त्यति असहज नभएको उनको भनाइ छ । बजारमा ड्रागन फ्रुटको अत्याधिक माग रहे पनि उत्पादन गर्न नसिएको उनी बताउँछन् । यसरी उत्पादन गरेको ड्रागन फ्रुट घरमै प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुने गरेको भट्टराईले बताए ।
ड्रागन फ्रुट खेती समुद्री सतहदेखि चार हजार पाँचसय फिटको उचाइसम्मको हावापानी र जस्तोसुकै माटोमा पनि सहजै फलाउन सकिन्छ । कम सिँचाइमा लगाउन सकिने भएकाले जमिनमा सहज रुपले यो खेती गर्न सकिन्छ । ड्रागन फल औषधीयुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै

प्रतिक्रिया दिनुहोस्