सनराइज बैंक गठ्ठाघरको चारदोबाटोमा «

सनराइज बैंक गठ्ठाघरको चारदोबाटोमा

आफ्ना ग्राहकहरूलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आउने क्रममा बैंकले बुधबार भक्तपुरस्थित गठ्ठाघरको चारदोबाटोमा यस बैंकले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।
बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैंकका सञ्चालक दीपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको भन्दै बेकले योसमेत गरी बैंकको शाखा संख्या १ सय ६ वटा पुगेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्