अभियान लघुवित्तको आईपीओ बाँडफाँट «

अभियान लघुवित्तको आईपीओ बाँडफाँट

अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सोमबार सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको शेयर बाँडफाँट भएको हो । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म नौ लाख १३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीको आईपीओ खरिदका लागि कुल १९ लाख ८० हजार ९७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६७० कित्ताका लागि आवेदन परेको थियो ।
आवेदकमध्ये २ हजार ३७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको बिक्री प्रबन्धकले जनाकारी दिएको छ । रितपूर्वक आवेदन दिएका १९ लाख ७८ हजार ५९४ जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । यस बाँडफाँटमा ९१ हजार ३७५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्