Logo

पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

प्रदेश नम्बर २, पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको बुधबार एक समारोहकाबीच एक्सटेन्सन काउन्टरको सुरु गरिएको जनाएको छ ।
शाखा कार्यालय वीरगन्जमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिइने राजस्व, पुँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुरलगायतको रकम जम्मा गरिनेछ । शाखा कार्यालय वीरगन्जका शाखा प्रवन्धक टिकाराज रिजालको अध्यक्षतामा भएको सो एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले गरे ।
सो अवसरमा मालपोल कार्यालय पर्साका निमित्त प्रमुख सुमन झा, लेखापढी व्यवसायी संघ पर्साका अध्यक्ष रामआधार प्रसाद कलवार, प्रदेश नम्बर २ कार्यलयका प्रवन्धक दिनेश गौतम, शाखा कार्यालय श्रीपुरका प्रवन्धक ईश्वरीप्रसाद ढुंगेल, शाखा सहायक प्रवन्धक प्रकाश दुलाल, सरोज लामिछानेलगायतको उपस्थिति थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १ सय ७२ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ छ ।

प्रतिक्रिया दिनुहोस्