जापानलाई पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरें : प्रचण्ड «

जापानलाई पर्यटन, कृषि र पूर्वाधारमा लगानी गर्न आग्रह गरें : प्रचण्ड

????? (??????? ???????)?? ??????? ???? ????? ????????????? ???????? ????? ‘???????’ ??????? ???????? ????? ???? ?????? ?????? ???????? ???????? ????????????? ?????????? ????????????????? ????????? ??????? ???????????? ?????? ? ???? ???????/????

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् ।
पाँच दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पत्रकारसँग उनले जापानी पक्षलाई पर्यटन, कृषि, विद्युतीकरण र पूर्वाधारमा प्राथमिकताका साथ लगानी गर्न आग्रह गरेको बताए । भ्रमणका क्रममा आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिव एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको छलफलमा सूचना प्रविधि तथा फोहर व्यवस्थापनमा तत्काल नेपाललाई सहयोग गर्न आग्रह गरेको बताए । “निकै राम्रो वातावरणमा विचारको आदानप्रदान पनि भयो । एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक कुराकानी भयो,” उनले भने ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल यही साउन २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनले कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवद्र्धन, पुन:निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अवलोकन गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । उनले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरु र जापानी अधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बताए ।
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताए । उनले नागरिकता विधेयक प्रमाणिकरणका लागि ढिलो गर्न नहुनेमा पनि जोड दिए । उनले भने, “राष्ट्रपतिजीले रोक्नु हुन्न भन्ने मलाई लाग्छ । ढिलो नहुनुपथ्र्यो ।”

प्रतिक्रिया दिनुहोस्