Logo

लमजुङमा पार्टी कार्यालय बनाउन भवन निर्माणको तयारी

नेपाली कांग्रेस लमजुङले पार्टी कार्यालय भवन निर्माणका लागि भवन निर्माण समिति गठन गरेको छ । नेका जिल्ला कार्यसमिति बैठकबाट बीपी स्मृति भवन निर्माणका लागि समिति गठन गरेको हो ।
नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको अध्यक्षतामा भवन निर्माण समिति गठन भएको हो । समितिमा पार्टी जिल्ला उपसभापती आनन्दराज घिमिरे, श्रीकान्त घिमिरे, सचिवद्धय कृष्णबहादुर अधिकारी, विमल श्रेष्ठ, उपसचिद्वय विश्व पौडेल, नरबहादुर गुरुङ, कोषाध्यक्ष सिर्जना गुरुङ, जिल्ला कार्यसमिति सदस्य गमप्रसाद गुरुङ, गणेश गौली छन् । भवन निर्माण समितिमा जिल्लाकार्य समितिबाट अन्य पाँच जना थप गर्ने बैठकले निर्णय गरेको छ ।
भवन निर्माण समिति सँगै नेपाली काँग्रेस जिल्ला कार्यसमिति निवर्तमान सभापति भेषबहादुर पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । अनुगमन समिति सदस्यहरु भने पछि तय गरीने निर्णय भएको कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले बताए ।
नेपाली काँग्रेसले बेसीशहर–८, अर्थली बोर्डिङ नजिकै भवन निर्माणका लागि केहि वर्ष अघिनै जग्गा खरिद गरीसकेको छ । यसअघि बेंसीसहरकै पुरानो बैक चोकमा रहेका पार्टी कार्यालय भवन साँघुरो र कार्यालय प्रायोजनका निम्ती उपयुक्त नभएपछि सो घर विक्री गरी नयाँ भवन निर्माणका लागी जग्गा खरिद गरेको कांग्रेस लमजुङले जनाएको छ ।
भवन निर्माण समिति गठन भएसँगै तत्कालै भवन निर्माणको प्रक्रिया शुरु गर्ने नेका लमजुङका सभापति डा. टकराज गुरुङले बताए । भवन निर्माणका लागि आर्थिक संकलन अभियान सँगै अन्य प्राविधिक कामलाई तीव्रता दिने सभापति गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्