परिवार दलको केन्द्रिय कार्यसमिति बैठकले गर्‍यो यस्ता पाँच निर्णय «

परिवार दलको केन्द्रिय कार्यसमिति बैठकले गर्‍यो यस्ता पाँच निर्णय

नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौंमा मंगलबार हाइब्रिड (भौतिक तथा अनलाइन) माध्ययमद्वारा सम्पन्न भएको छ । बैठकले आगामी मंसिर ४ गते आइतबार एकै साथ हुने संघीय संसद तथा प्रदेशसभाको निर्वाचनको स्वागत गरेको छ । लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको ठहर गर्दै घोषित निर्वाचन निस्पक्ष, स्वतन्त्र, मितव्ययी र धाँधली रहित सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
देशभित्रका सबै राजनैतिक दलहरूलाई निर्वाचनमा सहभागी भई मित्रवत स्वस्थ प्रतिष्पर्धा गर्न बाताबरण बनाउन आग्रह गर्दै प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा सहभागिताको लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न बरिष्ठ उपाध्यक्ष बिनोद डाँगीलाई अख्तियारी दिने निर्णय गरेको छ ।
बैठकले वर्षात्को कारण बाढी पहिरोले पीडित तराई मधेस तथा पहाडी जिल्लाहरूका बासिन्दाहरूलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महँगी नियन्त्रण गरी आम नागरिकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको दलका महामन्त्री सन्तोषकुमार पौडेले जानकारी दिए ।
आगामी मंसिर ४ का दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न परिवार दलका सम्पूर्ण पार्टी पंतिलाइ आवहान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ढुण्डीराम खनाले जानकारी दिए ।
बैठकले आगामी निर्वाचनमा एजेन्डा मिल्ने पार्टीसँग राष्ट्र र जनताको हितको पक्षमा आबस्यकता अनुसार सहकार्य वा तालमेल गर्न सकिने र त्यसको स केन्द्रीय कार्य सम्पादन समिति वा केन्द्रीय अध्यक्षले आवश्यकताअनुसार परामर्श गरि उपयुक्त निर्णय लिनसक्ने अधिकार दिने निर्णय गरेको छ । बैठकले स्थानीय निर्वाचन २०७९ को बारेमा घनिभूत समीक्षा गर्दै बैठकले पार्टीको तर्फबाट बिजयी उम्मेदवारहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा तीन दर्जनभन्दा बढी नेताहरूको सहभागिता रहेको छ र अहिले दलका अध्यक्ष एकनाथ ढकालले पार्टीको भावी रणनीतिका बारेमा बैठकमा जानकारी दिँदै दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरूको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब बिकल्पको खोजी गर्ने बेला आएको बताए । उनले परिवार दल उच्च राजनैतिक संस्कार भएको पार्टी भएको भन्दै सबै नेता कार्यकर्तालाइ असल काम गरेर जनताको मन जित्न अभिप्रेरित गर्नुपर्ने जोड दिँदै निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
बैठकमा दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, उपाध्यक्ष गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलनकुमारी राजवंशी, सह महामन्त्री मनोज सुर्खेती अब्दुल कैयुम शाह प्रवत्ता रुपसिह भण्डारी ,केन्द्रीय सदस्य रामचन्द्र चौधरी, खडग नागरीक, लक्ष्मीप्रसाद भण्डारी लगायतले आफ्नो धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्