अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी «

अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी

sf7df8f}F, ( c;f/ -/f;;_ M k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ljlgof]hg ljw]osdflysf] 5nkmndf p7]sf k|Zgx?sf] hjfkm lb+b} k//fi6«dGqL k|bLks’df/ 1jfnL . t:jL/ M /Tg >]i7 .

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको जिकिरसमेत गरे ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिवनै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनि प्रश्न गरे । कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरु हानाथाप गर्ने गरेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए ।
उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्