Logo

सवारी कारवाहीबाट ३ करोड राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३८ लाख २९ हजार राजस्व संकलन गरेको छ ।
४७ हजार ९ सय सवारीसाधन कारवाही गरेर ३ करोड ३८ लाख २९ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बताए ।
अघिल्लो आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष सवारी नियम नमान्ने चालक धेरै भएकाले ती सवारीसाधनलाई कारवाही गर्दा राजस्व संकलन बढेको उनले बताए ।
सबैभन्दा धेरै मोटरसाइकल कारबाहीबाट १ करोड २५ लाख ६३ हजार, ट्रक कारबाहीबाट ९६ लाख ६१ हजार ५ सय, बस कारबाहीबाट १३ लाख २५ हजार, कार जिप कारबाहीबाट ४३ लाख ९२ हजार, ट्याक्टर कारबाहीबाट २५ लाख ६८ हजार ५ सय, टेम्पो र अन्य गरी ३३ लाख १९ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्