नबिल बैंकको सञ्चालकबाट बाहिरिए उदयकृष्ण

नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन् । बैंकको सञ्चालक समितिका १३ साउनको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
त्यस्तै संस्थापक सेयरधनी आइएफआईसी बैंकको तर्फबाट एआरएम नजमुस शकिव नयाँ सञ्चालकमा नियुक्त भएका छन् । सोही दिन बसेको बैठकले शकिवलाई आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गरेको हो ।
बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका मलय मुखर्जी र निर्वाणकुमार चौधरीको पदावधि क्रमश: ३१ साउन र ५ मंसिरसम्म बहाल रहेकाले बैंक सञ्चालक समितिको सोही दिनको बैठकले दुवैलाई क्रमश: १ भदौ र ६ मंसिरदेखि लागू हुने गरी आगामी साधारणसभासम्म सञ्चालक नियुक्त समेत गरेको बैंकका कम्पनी सचिव विनय कुमार रेग्मीले बताए ।