सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन «

सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

सयपत्री हाइड्रोपावरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को आवेदन मंगलबार सकिँदै छ ।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानीकर्ताले भोलिसम्म लगानी गर्न सक्ने जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावितका लागि आईपीओ बिक्री गरी बाँडफाँट समेत गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्