२० वर्षमा २९ हजार ८ सय ७४ युनिट रगत वितरण

जिल्लामा २० वर्षको अवधीमा ३० हजार ३ सय ६० युनिट रगत संकलन गरिएको छ । रक्तसञ्चार केन्द्र घोराहीका अनुसार २०५९ साल देखि २०७९ असार मसान्तसम्ममा उक्त मात्रामा रगत सङकलन गरिएको हो ।
हालसम्म २९ हजार ८ सय ७४ युनिट रगत वितरण गरिएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ । जिल्लाको घोराही, तुलसीपुर र लमहीबाट रगत संकलन गर्ने गरिएको छ । घोराही र तुलसीपुरमा पहिले वाट नै संकलन गरिँदै आएको पनि लमही अघिल्लो वर्षदेखि सुरु गरिएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा ५ हजार २ युनिट रगत सङकलन भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिए । भने ५ हजार ५२ युनिट रगत वितरण गरिएको थियो । जसमा घोराहीमा २ हजार ६ सय ७० युनिट संकलन भएको थियो । भने २ हजार ७ सय ७५ युनिट वितरण भएको थियो । तुलसीपुरमा १ हजार ३ सय ४५ युनिट संकलन भएकोमा १ हजार २ सय १३ वितरण गरिएको थियो । भने लमहीमा ९ सय ८७ युनिट संकलन गरिएको र १ हजार ६४ युनिट वितरण गरिएको थियो । सबैभन्दा वढी बी पोजेटिभ रगत संकलन भएको उनको भनाइ रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा २ हजार ५ सय ४६ युनिट संकलन गरिएको थियो भने २ हजार ५ सय ६१ युनिट वितरण गरिएको थियो इञ्चार्ज न्यौपानेले बताए । आर्थिक वर्ष २०७६/०७७ मा २ हजार २ सय ५१ युनिट रगत सङकलन भएको थियो भने २ हजार ३ सय १ वितरण गरिएको थियो । अहिले रक्तदाताहरू संघ संस्थाहरू मार्फत खोजी गरिने गरेको छ । संघ संस्था मार्फत अगाडि बढदा धेरैलाई समेटिने भएकाले संघ संस्था प्राथमिकता दिइने गरेको इञ्चार्ज न्यौपानेले बताए । पहिलेभन्दा रक्तदाताहरूको संख्या वृद्धि भए पनि अझै पनि सहज रूपमा रगत प्राप्त गर्न सक्ने अवस्था रहेको छैन् ।
रक्तसञ्चार सेवा दिवसको अवसरमा सम्मान
५६ आंै रक्त सञ्चार सेवा दिवसको अवसरमा विभिन्न संघ संस्थाहरूलाई सम्मान गरिएको छ । दिवसको अवसरमा घोराहीमा आयोजना गरिएको कार्यक्रममा रक्तदान गर्ने संघ–संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरूले रक्तदान सबै भन्दा जिवन दान भएकाले यसको महत्व बुझाउन सक्नुपर्ने बताएका थिए । खेर जाने रगतले कसैलाइ वचाउन सक्ने भएकाले यो ठूलो दान भएको उनीहरूको भनाइ थियो । रक्तदानका वारेमा वुझाउन सकेमा रगत दान गर्नहरूको सङख्या वृद्धि हँुदै जाने सहभागिहरूको भनाइ थियो । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिकको सहयोगले नागरिकलाई बचाउन सकिने बताए । रगतको महत्वका बारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो । ‘यसका लागि सबैले आआफ्नो स्थान बाट सहयोग गर्नुपर्छ’, उनले भने ।
घोराही उपमहानगरपालिकाले सबै नागरिकलाई नि:शुल्क रगत प्रदान गर्ने उनले बताए । यसले नागरिकलाई सहजता हुने बताए । यसका लागि रक्त सञ्चार केन्द्रसँग सम्झौता भइसकेको उनको भनाइ रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डम्बर कुँवर, नेकपा माओवादी केन्द्रका विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगाएतकाले भनाइ राखेका थिए ।