पुष्पलालले देखाएको बाटोमा हिँड्छु : ओली «

पुष्पलालले देखाएको बाटोमा हिँड्छु : ओली

?????????????? ?????? ????? ?????? ???????? ?????? ????? ?????? ?????? ????????? ?? ????? ??????? ?? ??????? ??? ????? ????????????? ???? ????? ??? ? ??????? ???? ???????÷????

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्ने घोषणा गरेका छन् ।
शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे । उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए ।
अध्यक्ष ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागेको दाब िगरे ।

प्रतिक्रिया दिनुहोस्