Logo

समृद्धि फाइनान्स र थर्टी टु क्याफेबीच सम्झौता

समृद्धि फाइनान्सका ग्राहकले होटेल थर्टी टु क्याफे एण्ड कफी स्टेशनले फूड र बेभरेजमा १० देखि १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
फाइनान्स र क्याफेबीच सो छुट दिनेबारे सम्झौता भएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक बिनोदराज पौडेल र थर्टी टु क्याफेका म्यानेजर अमन अईयरले हस्ताक्षर गरेका छन् । पुतलीसडकमा शंकरदेव क्याम्पस नजिकै रहेको यो क्याफे स्वादिस्ट खाने कुराको लागि प्रसिद्ध छ ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्