Logo

संसद्को कार्यकालबारे छलफल सुरु

sf7df8f}F, @ ;fpgM ;+;bLo kqsf/;Fu e]63f6 tyf 5nkmn l;+xb/af/df ;f]daf/ cfof]lht ;+;bLo kqsf/x?;Fu e]63f6 tyf 5nkmndf ;efd’v clUgk|;fb ;fksf]6f . tl:a/ M /Tg >]i7÷/f;;

सभामुख अग्निप्रसाद सापकोटाले संघ र प्रदेशको निर्वाचन मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल सुरु भएको बताएका छन् ।
संसदीय मामिलाको समाचार संकलन गर्दै आएका पत्रकारसँग सोमबार भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको सपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए । “उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग यस बारेमा सामान्य छलफल भएको थियो । छलफल गर्दै जाउँ के निष्कर्ष निस्कन्छ, त्यही गरौँ भन्ने विषयमा कुराकानी भयो,” उनले भने । छलफलका क्रममा संसद्को कार्यकाल मनोनयन गर्ने दिनसम्म रहन्छ भन्ने सबैको बुझाइ रहेको उनले बताए ।
“संसद्को कार्यकाल नसकिँदै विघटन हुँदा सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अवस्था हो,” सभामुख सापकोटाले भने, “यसबारेमा संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुगिन्छ ।” सभामुख सापकोटाले संघीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताए । संसद्को चालू अधिवेशन बजेट अधिवेशन भए पनि महत्वपूर्ण विधेयक पारित भएको र केही विधेयक छलफलकै क्रममा रहेको उनले बताए ।
“चालू अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन् । विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ,” उनले भने । विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले समितिका सभापतिको निर्वाचन गर्न प्रधानमन्त्रीसँग आफूले संवाद गरिरहेको बताए । ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्