‘मुक्त कमैयाका समस्या समाधान गर्ने उपाय खोज्नुस्’ «

‘मुक्त कमैयाका समस्या समाधान गर्ने उपाय खोज्नुस्’

sd}of d’Qm 3f]if0ff ePsf] @@ jif{ k’u]sf] ljz]if sfo{qmddf k|d b]pjf sf7df8f}F, @ ;fpgM sd}of d’Qm 3f]if0ff ePsf] @@ jif{ k’u]sf] cj;/df e”ld;’wf/ tyf ul/aL lgjf/0f dGqfnoåf/f afn’jf6f/df ;f]daf/ cfof]lht ljz]if sfo{qmddf k|wfgdGqL z]/axfb’/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
सोमबार कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका साथसाथै तिनका परिवारका लागि रोजगारीको अवसरको सिर्जना गरी आयआर्जन बढाउने कार्य पनि उत्तिकै आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गरे । यस किसिमको श्रमिक परिवारको दिगो सामाजिक आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउन र उद्यमशीलता बढाउन विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न पनि सम्बद्ध सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिए ।
कमैया प्रथा निषेध गर्नेसम्बन्धी ऐन विसं २०५८ मार्फत हरुवाचरुवालगायत सबै किसिमका कमैया श्रमिक परिवारको असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको पनि कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराए । सबै किसिमका शोषण, विभेद र अन्यायमुक्त नेपाल निर्माणमा सबैको निरन्तर प्रयास आवश्यक रहेको भन्दै उनले सबैप्रति आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्