Logo

निर्वाचनमा बढेको विकृतिप्रति सभामुखको चिन्ता

eQmk’/, @% c;f/ -/f;;_ M eQmk’/sf] dWok’/lyldsf] af]8]df /fli6«o o’jf kl/ifb ;fgf]l7dLn] cfh cfof]hgf u/]sf] …;+3Lo gd’gf o’jf ;+;b cEof; sfo{qmdÚdf af]Nb} k|ltlglw;efsf ;efd’v clUgk|;fb ;fksf]6f . tl:j/ M /d]z lu/L, /f;;

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् ।
शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे ।
सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए । हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वले अघि बढ्न जरुरी रहेको समेत बताए ।
सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । उनले शिर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्