आईसीसी र एनसीसीबीच समझदारी पत्रमा हस्ताक्षर, गिफट कार्डबाट सदस्य बन्न नपाइने

प्रवासी नेपालीहरूको साझा संगठन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको ११औँ साधारणसभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र अध्यक्ष बुद्धि सागर सुबेदीले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए ।
साधारणसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का दुई अध्यक्ष कुल आचार्य र रविना थापा, महासचिव डाक्टर केशव पौडेल, सचिव राजन त्रिपाठी, अमेरिकाज रिजनका डीआरसी रामकुमार सुवेदी, नर्थ क्यारोलाइना मोरिसभिल सहरका नगर प्रमुख टिजे काउली, सांसद कमला पन्त, नेपाली कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य र प्रतिमा गौतम, नेबि संघका पूर्वमहामन्त्री मनोज मणि आचार्य, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, दाङ जिल्ला सभापति शंकर डाँगी, राप्रपा नेपालका केन्द्रीय सदस्य लोक तिवारी, नेपाली कांग्रेसका महासमिति सदस्य विष्णु सुवेदी, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाङ, जनसम्पर्क समितिका संस्थापक सदस्य नारायण थापा, एनआरएनए अभियन्ताहरू डा. यादव पण्डित, डा. रुद्र अर्याल, विश्व बराल, नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव सुरज भण्डारी, पानस आइसिसीका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, जनप्रगति शिल मञ्चका संस्थापक अध्यक्ष काशी पौडेल, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनको, गाउँपालिका समन्वय समितिका महासचिव वंशलाल तामाङ, इन्स्टिच्युट अफ चार्टर एकाउन्टेन्ट संघ नेपालका पूर्वअध्यक्ष महेश खनाल, आईसीसीका फोकल पर्सन सुरज दाहाल, आईसीसीका सदस्यहरू,एनसीसीका पदाधिकारीहरू स्थानीय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उद्घाटन सत्रमा उपस्थिति थियो ।
साधारणसभाको अवसरमा आईसीसी र एनसीसी अमेरिकाका बीचमा २४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्र आईसीसीका अध्यक्षद्वय कुल आचार्य, रविना थापा र महासचिव डा. केशव पौडेलको उपस्थितिमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले हस्ताक्षर गरेका छन् ।
साधारणसभाले विधानमा निवर्तमान अध्यक्ष प्रमुख संरक्षक रहने प्रावधानलाई हटाएर पूर्व अध्यक्ष मध्येबाट संरक्षक राख्ने, च्याप्टर सभापतिहरूलाई एनसीसी अमेरिकाको स्वतः बोर्डअफ डाइरेक्टर हुने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गरेको छ । महिला प्रतिनिधित्व बढाउनका लागि कार्यसमिति र सल्लाहकार समितिमा ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साधारण सभा आगामी दिनमा जुलाई को अन्तिम समयतिर हुने व्यवस्थासमेत विधानमा गरिएको छ ।
एक वर्षको कार्यकालमा महत्त्व पूर्ण उपलब्धिका रूपमा कोभिड–१९ को समयमा अमेरिकी सेनाको हवाईजहाजमार्फत नेपालमा राहत सामग्री पठाइएको थियो। नेपालमा आपद् विपद् परेको समयमा अमेरिकी सेनाले निःशुल्क सामग्री ढुवानी गराउने व्यवस्था एउटा महत्त्वपूर्ण उपलब्धि हो। नेपालको राष्ट्रिय क्रिकेट टिमलाई प्रोत्साहन तथा अवसर प्रदान गर्ने उद्देश्यले टेक्ससको ह्युज्टनमा जुन २ र ४ मा एनआरएनए अमेरिका कप– २०२२ को आयोजना गरिएको थियो ।
एनआरएनएको ‘ओन एनसीसी ओन च्यारिटी’ कार्यक्रमअन्तर्गत सल्यानको कुसाख गाउँपालिकामा प्रसूति भवन निर्माणको कार्य सम्पन्न भएको छ । सो कार्यमा भवन निर्माण, सामग्री खरिद र बर्थिङ सेन्टरमा बस्नेलाई दुई वर्षको तलब गरी करिब ४० लाख नेपाली रुपैयाँ बराबरको सहयोग एनआरएनए अमेरिकाले गरेको छ । यस कार्यले नेपालको ग्रामीण भेगमा प्रत्यक्ष रूपमा सामाजिक सेवा पु¥याउन एनआरएनए अमेरिका सफल भएको छ । अमेरिका स्थित नेपाली दूतावास तथा नेपालस्थित अमेरिकी दूतावास सँग समन्वय गर्दै नेपालीहरूलाई सहयोग पु¥याउने कार्यको सुरुवात यसै कार्यकालमा भएको छ ।
विगत एक वर्षमा एनसीसी, च्याप्टर तथा टास्कफोर्सले गरेर तीन सयभन्दा बढी कार्यक्रमहरू आयोजना गरेको तथा सो दौरानमा आपदविपद परेको समयमा २ लाख ५० हजारभन्दा बढी आर्थिक सहायता गरेको जानकारी अध्यक्ष बुद्धी सागर सुबेदीले दिएका छन् ।
यस कार्यकालको महत्त्वपूर्ण सफलताका रूपमा झोलामा रहेको संस्थालाई आफ्नो भवनमा सार्ने तयारीको रूपमा रहेको छ । भवन खरिद गर्नका लागि सम्भाव्य स्थलको निरीक्षण गरिएको र खरिद सम्बन्धी सम्पूर्ण कार्य आगामी एक वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य कार्यसमितिले राखेको छ ।
साधारण सभाको बन्द सत्रले कानुन व्यवसायी वासु फुलारालाई प्रमुख निर्वाचन आयुक्तको रूपमा नियुक्त गरेको छ । उक्त समितिको सदस्यहरूमा विनोद सुवेदी, टुक रेग्मी, प्रियरंजन दाहाल र खड्क उप्रेतीका साथै संघको तर्फबाट यसअघि निर्वाचन कमिटीमा रहेर योगदान गर्ने प्रमुख विश्व बराल तथा सदस्यहरू वासु फुलारा, कुलमणि आचार्य, गोविन्दकुमार श्रेष्ठ र शिवराज पौडेललाई संस्थाले धन्यवाद दिएको छ ।
त्यसैगरी सभाले आन्तरिक अडिट कमिटीको प्रमुखमा केशव बराल एवं सदस्यहरूमा अमित शर्मा र गोपाल कृष्ण आचार्य नियुक्त गरेको छ ।
साधारणसभाको दोस्रो दिन विभिन्न विधामा सम्मेलन भएका थिए। अमेरिकामा रहेका विद्वानहरूको भेलाको रूपमा समेत रहेको विज्ञ भेलामा विभिन्न विधामा सोध पत्रहरू प्रस्तुत भएका थिए । नेपालको विकासमा निश्चित रूपमा अमेरिकामा रहेका विज्ञहरूद्वारा दिएका राय सुझावले परिवर्तनको मार्गमा एक आयाम थप्न यस सम्मेलनले सघाउ पु¥याउने सबैले विश्वास लिएका छन् ।
उद्घाटन सत्रमा उपस्थित सबैलाई कन्भेनर सुमन थापाले स्वागत गरेका थिए भने महासचिव अन्जन कुमार चौलागाईं, सचिव अनुप खनाल र महिला सचिव सुनिता कँडेलले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।