किसानलाई मल दिने पहिलो प्राथमिकताः कृषिमन्त्री यादव «

किसानलाई मल दिने पहिलो प्राथमिकताः कृषिमन्त्री यादव

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पु¥याउनु भएको बताए ।
“प्राथमिकता त सबभन्दा पहिले मलखादको अभाव छ । कृषकहरुले पाइराखेका छैननने, “सबैभन्दा पहिला मलखाद कसरी किसानहरुमा पु¥याउने सबभन्दा पहिला त्यही कुरा हो । विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पु¥याउने हुन्छ ।”
उनले बाँकी कामहरु मन्त्रालयको ब्रिफिङ सुनेसँगै तय गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्