सरकारले अति गरयो : ओली «

सरकारले अति गरयो : ओली

?????????????? ?????? ????? ?????? ???????? ?????? ????? ?????? ?????? ????????? ?? ????? ??????? ?? ??????? ??? ????? ????????????? ???? ????? ??? ? ??????? ???? ???????÷????

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले अति गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोलेका ओलीले सरकारप्रति कटाक्ष गर्दै अति भएको बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘इन अफ’ भएपछि बोल्न यहाँ आएको हुँ । ‘इज इन अफ’ अब अति नै भयो ।’ समृद्ध नेपाल, सुखी नेपालको गन्तव्य पूरा गर्न तत्कालीन नेकपा सरकार लागिरहँदा एक सांसदले ‘इन अफ इज इन अफ’ भनेको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले त्यो शब्द अहिले अति भएपछि संसद्मा बोल्न उभिएको बताए । ‘अब अति नै भयो । सरकारले हल्ला र भ्रम फिँजाउने होइन । सत्ता पक्षका नेता र मन्त्रीहरूले जथाभावी बोल्दै हिँड्ने होइन । सरकारले यथार्थ के हुन्, ती कुरा ल्याउनुप¥यो । एसपीपीबारे सत्ता पक्षका एक नेताले भन्नुभयो, मेरो नाम लिएर । उनकै समयमा आएको थियो, पछि हामीले त्यसलाई रद्द ग¥यौं । जनतालाई भ्रम र गुमराहामा राख्न पाइँदैन,’ ओलीले भने ।
अध्यक्ष ओलीले २०७२ साल भदौ २४ गते नेपाली सेनाले रक्षा मन्त्रालयलाई एसपीपीमा सहभागिता सम्बन्धमा पत्रकार सम्मेलन गरेको दाबी गरे । त्यसपछि असोज ३ गते नेपालको संविधान जारी भयो । त्यसको तीन दिनपछि असोज ६ गते रक्षा मन्त्रालयबाट एसपीपीमा सहमति दिने निर्णय भएको उनले बताए । अहिले आएर तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जानकारी गराइएको भन्ने कुरा झुट रहेको ओलीले बताए ।
एसपीपी सम्झौता राष्ट्रियता, सार्वभौमसत्तासँग सम्बन्धित विषय भएको र अहिले उठेका प्रश्न धेरै गम्भीर रहेको उनको धारणा छ । एसपीपी सम्झौताका विषय भित्रभित्रका कुरा हुन नसक्ने र यो राष्ट्रियतासँग जोडिएकाले सबै कुरा सरकारले खुलस्त गर्नुपर्ने माग उनले गरे ।

प्रतिक्रिया दिनुहोस्