Logo

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सम्झौता भएको छ ।
ज्यापु समाज यलसँग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बिमा सम्बन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्न सो सम्झौता भएको हजोड इन्स्योरेन्सले जनाएको छ ।

अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले सम्झौतामा हस्ताक्षर गरे । सो अवसरमा अजोड इन्स्योरेन्सका कर्मचारी र ज्यापु समाज यलका सदस्यसमेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्