सरकार र सहकारी अभियान एउटै डुंगाको सहयात्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुंगाको सहयात्री भएको विचार व्यक्त गर्दै सहकारीमार्फत भूमिको समग्र विकास गरी गरिबी निवारण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताइन् ।
सो कुरा उनले राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरको पुल्चोकस्थित आप्mनै भवनमा २०७९ असार १८ गते आयोजित विशेष समारोहलाई सम्बोधन गर्दा बताइन् ।
सहकारी अभियानको सकारात्मक सुझावलाई ग्रहण गर्न सरकार सधंै तयार रहेको बताउँदै मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आपूm आतुर रहेको बताइन् । साथै सहकारीप्रतिको जनविश्वास बढाउनु पर्ने आग्रह गर्दै उनले सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानुनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने बताइन् ।
सो कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यहरूले पद त्याग गर्नुपर्ने बताउँदै सम्पत्ति शुद्धीकरणलाई सहकारी संघ÷संस्थाहरूले महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने बताए ।
समारोहमा महासंघका पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सल्लाहकार उषा झा र महासंघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेले शुभकामना मनतव्य दिएका थिए ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियान सरकारसँग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन,२०७२ मा भएको व्यवस्थाअनुसार नै सहकारी संघ÷संस्थाहरूलाई कर निर्धारण गर्न माग गरे ।

घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार
सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्वउपाध्यक्ष विजयराज घिमिरेलाई राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले उनलाई नगद ५० हजारसहित सम्मान गरेका हुन् । सो अवसरमा उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ दोलखा पुरस्कृत भयो । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट प्रत्येक प्रदेशबाट १÷१ वटा प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यी सहकारी संस्था, मधेस प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था, बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भए ।
गण्डकी प्रदेशबाट बागलुंगको कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लुम्बिनी प्रदेशबाट बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्था, कर्णाली प्रदेशबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था र सुदूरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भए ।
पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८ बाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ध्वजु सम्मानित भएका छन् ।