Logo

रुस–युक्रेन युद्धले नेपाली अर्थतन्त्रमा चुनौती थपिएको गभर्नरको दावी

नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएक छन् ।
गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताए । उनले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको पनि बताए ।
“अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ । हामी सबैले फेस गरिरहेका छौं” उनले भने, “कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्ध त्यसपछि सटेजको अर्थतन्त्रको फलस्वरुपमा मूल्यवृद्धिको पे्रसर यतिबेला ग्लोवल रुपमा भएको छ ।

नेपाल त्यसबाट अन्यथा हुन सक्देनौं त्यस कारण यो अहिलेको चुनौती सामना गर्ने शिलशिलामा सबैको भूमिका जरुरी छ ।”
उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए । गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए ।
नेपाल चार्टड एकाउण्टेन्ट्स संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताए । उनले चार्टड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्न सकिने बताए । अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्