चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुने दाबी «

चालू अधिवेशनमै नागरिकता विधेयक पारित हुने दाबी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐनसम्बन्धी विधेयक पारित हुने बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताएका हुन् । ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐनसम्बन्धी विधेयकमा धेरै विवादहरू रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए ।
राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढन सरकार लागि परेको बताए । उनले भने, ‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरूको पनि प्रमुख सरोकारको विषय हो । केवल सरकारको मात्रै होईन । यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई चाँही सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ, उनले भने ।

‘म उहाँहरूको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु । यसलाई विवादरहित ढंगले, त्यहाँ तमाम विवादहरू छन । नागरिक ऐन सम्बन्धि विधेयकमा । राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ । तर ती विषयहरूमा पनि सिटिजनसिपजस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन । त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔं भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्ष सहितका अरु साथीहरू धेरै सकारात्मक हुनुहुन्छ । यो चाँडै आउँछ,’ उनले भने ।
मन्त्री कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरूले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । केही सांसदहरूलाई छोडेर भन्ने हो भने सांसदहरूको उपस्थितिनै नभई दिँदा संसदले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाई हुन गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्