नेपाल इस्पोर्टस् च्याम्पियनसिप अर्को साता

नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेस्रो नेपाल इस्पोर्टस् च्याम्पियनसिप २०२२ असार २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेस्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरू माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरू माझ निकैनै रुचाईएको खेल पर्छ ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सीएस गो, एमएलबीबी, टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । आयोजक संघका अध्यक्ष सुरज डंगोलले च्याम्पियनसिपका प्रतियोगिताहरू सञ्चालन भइसकेको र असार २३ गतेदेखि फाइन खेलहरू आयोजा हुने समेत जानकारी गराए । जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ, सीएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबीबीमा १७ स्क्वाडका १०५ खेलाडीहरूले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरूविच प्रतिस्पर्धा भईरहेको र १६ स्क्वाडका विच आषाढ १६ गते सम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डंगोलले जनाएका छन् ।

च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व इस्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगितासमेत छ । विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन् । जसमध्ये इभेन्ट्स म्यानेजमेन्टको जिम्मेवारी माइस प्रालिले लिएको छ । यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राइम कलेजले पनि च्यामिपयनसिपलाई साथ दिएको छ । प्राइमले विजयी ५ खेलाडीहरूलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।