धानका लागि मनसुन सुखद् «

धानका लागि मनसुन सुखद्

??????????? ???????? ?????????-? ?? ?????? ??? ?????? ???? ????? ??? ?????? ?????? ? ?????? ? ???? ?????????? ????

आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यस वर्षको मनसुन फलदायी बनेको छ । यस वर्ष मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।
यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको थियो । जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति भए पनि जुन ५ मा नै मनसुन भित्रिएको हो । मौसमविद्हरुले बंगालको खाडी नजिकको निकोबार र एन्डमान टापु (भारतीय भाग) मा यस पटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु भएको बताएका छन् ।
यस वर्ष चाडो मनसुन सुरु हुँदा समयमा नै धान रोपाइँ सुरु भएको कृषि मन्त्रालयले बताएको छ । अहिलेसम्मको मनसुनी अवस्थालाई हेर्दा धान उब्जनीका लागि भने मनसुन सुखद् रहेको कृषिविद्को भनाइ छ । कृषि मन्त्रालकया अनुसार हालसम्म करिब ३५ प्रतिशत रोपाइँ हुनुपर्नेमा मनसुनले साथ दिए पनि १० देखि १२ प्रतिशतमात्रै भएको छ । मल अभावका कारण रोपाइँ कम भएको मन्त्रालयले बताएको छ ।

राष्ट्रिय कृषक समूह महासंघका निवर्तमान अध्यक्ष उद्धव अधिकारीले यस वर्ष मनसुन समयमा नै भित्रनाले समयमा नै रोपाइँ सुरु भएको बताए । “आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने क्षेत्रका लागि यो वर्षको मनसुनले साथ दिएको छ,” उनले भने, “तर औषतभन्दा बढी पानी पर्ने पनि भनिएको छ, यसकारण बाढी पहिरो जाने सम्भावना बढी भयो भने धानलाई पनि असर गर्न सक्छ ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी मनसुन सिजनमा प्रदेश नम्बर १ को उत्तरी भू–भाग, मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशका दक्षिणी भू–भागहरुमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ रहेको छ ।
जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ । “ प्रदेश नं. १ का तराईका भू–भागहरु, बागमती प्रदेशका उत्तर–पूर्वी भू–भाग, गण्डकी प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भू भाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ,” विज्ञप्तिमा भनिएको छ, “सुदूरपश्चिम प्रदेशका पूर्वी भू–भाग, कर्णाली प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य–पश्चिमी भू–भाग र प्रदेश नं. १ को मध्य भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्