चलचित्र निर्मातालाई प्रोजेक्ट कर्जाको सुविधा दिनुपर्छः गोल्छा «

चलचित्र निर्मातालाई प्रोजेक्ट कर्जाको सुविधा दिनुपर्छः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । अध्यक्ष गोल्छाले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु गरेको बताए ।
अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता, साना र मझौला उद्योगहरुका लागिसमेत माग गरेको बताए । उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायांकनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए ।

“कोरोना महामारीको कारण भएको लकडान, बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट हुनुपर्ने कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था हुनुपर्ने, विद्युत महशुल मिनाहा हुनुपर्ने आवाज यो क्षेत्रका व्यवसायीहरुको छ” उनले भने, “प्राकृतिक सुन्दरताले भरिएको नेपाल आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ ।”
अध्यक्ष गोल्छाले सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए । उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्