सिद्धार्थनगरको बजेट एक अर्ब ३४ करोड «

सिद्धार्थनगरको बजेट एक अर्ब ३४ करोड

सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ३४ करोड ५४ बढी रकमको बजेट ल्याएको छ ।
शुक्रबार नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बजेट प्रस्तुत गर्दै बहुवर्षीय तथा क्रमागतमा रहेका योजनालाई सम्पन्न गर्ने र दिगो एवं बातावरणमैत्री हुने गरी आधारभूत सहरी पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गरिने, आधारभूत स्वास्थय सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पु¥याउने कार्यक्रम सञ्चालन गर्ने कृषि पर्यटन सहकारीजस्ता आर्थिक विकासका क्षेत्रमा जोड दिई रोजगारी सिर्जना र आय आर्जन वृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने कार्यक्रम सञ्चालन गर्ने, नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवद्र्धन कार्यमा जोड दिइनेलगायतका विषय बजेटमा प्राथमिकतामा रहेको बताइन् ।


कुल बजेटको चालूतर्फ ४८ प्रतिशत र पुँजीगततर्फ ५२ प्रतिशत खर्च अनुमान बजेटमा गरिएको छ ।
त्यसैगरी बजेटले नगरका हाल कार्यान्वयनमा रहेका क्रमांगत तथा बहुवर्षीय योजना सम्पन्न गर्न आठ करोड ४९ लाख विनियोजन भएको छ ।
नगरभित्रका विद्युत पोल व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणका लागि बजेट विनियोजन भएको छ भने दरखसवा खेल मैदान पूर्वाधार निर्माणका लागि एक करोड, दरखसवा पार्क निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ ।
मिलनचोकमा ट्राफिक लाइट राख्न २४ लाख, नगर क्षेत्रभित्र सडक सौन्दर्यीकरणका लागि ५० लाख, वडा नम्बर ९ मा बोटानिकल गार्डेनको डीपीआर बनाउन २० लाख तथा भीम अस्पतालका लागि ८० लाख रुपैया बिनियोजन भएको छ ।
त्यस्तै नगरका विभिन्न स्थानमा स्मार्टलाइट जडान गर्न एक करोड विनियोजन भएको छ । सिद्धार्थनगरको बजेटमा ठूलो रकम पूर्वाधार निर्माणतर्फ छुट्याइएको छ । करको दर नबढाई दायरा बढाउने, बक्यौता कर असुली र कर संकलनमा कडाई गर्ने नीति बजेटमार्फत आएको छ ।

प्रतिक्रिया दिनुहोस्