चिनियाँ दूतावासमा हस्तकलाका सामानको प्रदर्शनी राख्न माग «

चिनियाँ दूतावासमा हस्तकलाका सामानको प्रदर्शनी राख्न माग

नेपाल हस्तकला महासंघको चीनस्थित नेपाली दूतावासमा नेपाली कला संस्कृति झल्कने हस्तकलाका सामग्रीको प्रदर्शनी राख्न आग्रह गरेको छ ।
चीनका लागि नवनियुक्त राजदूत पुकार श्रेष्ठलाई बधाइ दिन आयोजना गरेको कार्यक्रममा महासंघले दूतावासमा नेपालका ४२ विधाका नेपाली हस्तकला झल्कने वस्तुहरुको प्रदर्शनीकक्ष राख्न सुझाव दिएको हो । महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यले छिमेकी राष्ट्र चीनमा नेपालका परम्परागत हस्तकलाका वस्तुहरुको उत्पादन तथा निर्यातको परिमाण बढाउन चीनको आधुनिक प्रविधि तथा उपकरणहरुको आवश्यकता रहेको बताए ।

उनले चीनबाट नेपाल सामान भित्रने मुख्य नाकाहरु नियमित रुपमा नखुल्दा पनि हस्तकला वस्तुको निकासी प्रभावित हुन गएको बताए । उनीहरुले नेपालसँगका चिनियाँ नाकाहरु तत्काल खुलाउने पहल गर्न पनि राजदूत श्रेष्ठसँग आग्रह गरे ।
चीन नेपाली हस्तकलाको ठूलो बजार भएपनि चीन सरकारको उच्च भन्सार दर, मित्र राष्ट्र चीनको कुनै पनि बैंकको शाखा नेपालमा नभएको, चीनका विभिन्न शहरमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीमा भाग लिई आर्जन गरेको विदेशी मुद्रा समेत बैकिङ च्यानलमार्फत लिएर आउन समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्