स्व. शाहको सम्झनामा फोटो प्रदर्शनीको आयोजना «

स्व. शाहको सम्झनामा फोटो प्रदर्शनीको आयोजना

राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य सचिव स्व. शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
शाहाले नेपाली खेलकुदको विकास र विस्तारमा पु¥याएको योगदानको मुल्याङकन गर्दै स्टाण्डर्ड चार्टर शाह मेमोरियल फाउण्डेसले उनको योगदानलाई समेटिएको फोटो प्रदर्शनीको आयोजना गरेको हो ।

स्टाण्डर्ड चार्टर शाह मेमोरियल फाउण्डेसको आयोजनामा ‘द ड्र अफ् न्यू एरा इन नेपाल्स स्पार्टस्’ नामक फोटो प्रदर्शनी सुरु भएको हो । ओलम्पीक डे २०२२ को अवसरमा ९ असारमा सुरु भएको प्रदर्शनी ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
स्वर्गिय शाहाले राष्ट्रिय खेलकुद परिसदमा रहँदा नेपाली खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो प्रदर्शनीको आयोजना गरिएको हो । खासगरी युवा पुस्तालाई खेलकुदतिर आकर्षित गर्दै उनीहरुलाई यसको महत्व झल्काउन सहयोग पु¥याउने प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । प्रदर्शनी एक वर्षभित्रमा देशका सातै प्रदशमा आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्