हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । अधिकतम ८ सय ४० देखि न्यूनतम १ सय ७० रुपैयाँ फ्युल सरचार्ज बढेको हो ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौं–धनगडीमा ८ सय ४० र काठमाडौं–सिमरामा न्यूनतम १ सय ७० रुपैयाँ रहेको छ । काठमाडौं–माउण्टेन फ्लाइटको ६५५ रुपैयाँ, काठमाडौं–भद्रपुरको ५७० रुपैयाँ, काठमाडौं–विराटनगरको ४४५ रुपैयाँ, काठमाडौं–जनकपुरको २४५ रुपैयाँ, काठमाडौं–भरतपुर २०० रुपैयाँ भाडा वृद्धि गरेको हो । त्यसैगरी काठमाडौं–पोखराको ३०० रुपैयाँ, काठमाडौं–भैरहवाको ३९५ रुपैयाँ, काठमाडौं–नेपालगञ्जको ६२० रुपैयाँ, काठमाडौं–धनगढीको ८४० रुपैयाँ, काठमाडौं–तुम्लिङटारको ३५० रुपैयाँ, काठमाडौं–सिमराको १७० रुपैयाँ भाडा वृद्धि गरेको हो ।