एडिबीसंग अपुग स्रोत सहयोग गर्न आग्रह «

एडिबीसंग अपुग स्रोत सहयोग गर्न आग्रह

नेपालले सन् २०३० सम्म दिगो बिकासको लक्ष्य हासिल गर्नका लागि गर्नु पर्ने थप लगानीको लागि सार्वजनिक तथा निजि दुवै क्षेत्रको लगानी जोडदा पनि कुलगार्हस्थ उत्पादनको करिव १३ प्रतिशत जति लगानी नपुग हुने अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । नेपालको कूल गार्हस्थ उत्पादन चालु आर्थिक वर्षमा ३४ खर्ब हुने अनुमान रहेकोले दिगो बिकासको लक्ष्य हासिल गर्न करिब ४ खर्बको लगानी अपुग हुने देखिन्छ ।
एसियाली विकास वैंकको बाउन्नौ वोर्डस अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा अर्थमन्त्री खतिवडा र वैंकका अध्यक्ष ताकेहिको नकाओको वीच शुक्रबार फिजीको नादीमा सम्पन्न द्विपक्षीय वैठकमा उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षण लगायतका नागरिकका आधारभूत मौलिक हकहरुको परिपूर्ति गर्न सरकारले लगानीको प्रतिवद्दता जनाएकोले यसको लागि पनि लगानी बढाउनु पर्ने भएको उल्लेख गर्दै वैंकलाई थप सहयोगको लागि आग्रह पनि गरे ।
नेपाल दुई बर्ष भित्र अतिकम विकसित राष्ट्रको अवस्थावाट स्तरोन्ति हुने सम्भावना भएको सन्दर्भ उल्लेख गर्दै खतिवडाले केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने आवश्यकता औल्याए ।
प्रत्युत्तरमा अध्यक्ष नकाओले त्यसवेला संक्रमणको समय हुने भएकोले अवस्य पनि यस पक्षलाई मध्यनजरमा राखिने धारणा राख्दै नेपालको समावेशी तथा दिगो विकासमा सहयोग गर्न वैंक तत्पर रहेको प्रतिवद्दता ब्यक्त गरे ।
यस्तै, डा खतिवडाले वर्तमान सरकारले पूर्व पश्चिम राजमार्गको विस्तार समेतका केही ठूला आयोजनाहरुलाई तत्काल अगाडी बढाउन चाहेकोले यसको लागि वैंकले ठूला आयोजनाहरुको लागि लगानी केही अगाडी ल्याउन पनि उनले आग्रह गरे ।
उतm वैठकमा अर्थमन्त्री डा. खतिवडाले नेपालको वर्तमान समग्र आर्थिक स्थायित्वको अवस्था चित्रण गर्दै मुलुकले यस बर्ष पनि उच्च आर्थिक बृद्धि हासिल गर्न लागेको र उच्च आर्थिक बृद्धिको पथमा जानका लागि पूंजिगत सामाग्रिहरुको आयात अत्याबश्यक भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सही दिशामा अगाडी बढिरहेको वताए ।
वैंकका अध्यक्षले मन्त्री खतिवडालाई राष्ट्र वैंकको गभर्नर हँुदा भेट गरेको प्रसंग उल्लेख गर्दै गभर्नरका हैसियतमा उनले त्यसवेला ब्यक्त गरेका विचारहरु अहिले पनि स्मरण रहेको उल्लेख गर्दै अर्थमन्त्रीको प्रशंसा गरे । नेपालले राजनैतिक तहमा गर्नु पर्ने कार्यहरु पूुरा गरीसकेको र आर्थिक तथा सामाजिक विकासमा परिसुचकहरुमा पनि राम्रो प्रगति गर्दै अगाडी बढिरहेको विषय उल्लेख गर्दै अध्यक्ष नकाओले भुकम्प पछिको पुनर्निर्माणको लागि भएको अन्तराष्ट्रिय सम्मेलनमा आफू सहभागी भएको स्मरण गरे । यसको प्रत्युत्तरमा अर्थमन्त्री डा. खतिवडाले अन्य सहयोगको अतिरिक्त भुकम्प पछिको पुनर्निर्माणको लागि वैंकले गरेको सहयोग खास गरी भुकम्पले क्षति भएका सार्वजनिक भवनहरु, बिद्यालय भवनहरु त्था ब्यक्तिगत आवासहरुको पुनर्निर्माणका लागि वैंकले गरेको सहयोगका लागि धन्यवाद दिए । अर्थमन्त्री डा.खतिवडाले हालै सम्पन्न लगानी सम्मेलनलाई सफल वनाउन वैंकले उपाध्यक्षको तहवाट सहभागिता जनाउनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै यसको लागि बैंकलाई धन्यवाद दिए ।
अर्थमन्त्री डा. खतिवडाले उक्त वैठकमा वर्तमान सरकारले भुकम्प पछिको पुनर्निर्माणलाई तिव्रता दिंदै ब्यक्तिगत आवासहरुको पुनर्निर्माणको कार्य आगामी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यसको लागि पनि थप स्रोत जुटाउनु पर्ने आवश्यकता औल्याए ।
शुक्रबार एसियाली विकास वैंकका उच्चपदस्थ अधिकारीहरुसंग भएको छुट्टै द्विपक्षीय वैठकमा अर्थमन्त्री डा. खतिवडाले नेपालको निजि क्षेत्रको विकासको लागि वैंकले खेलेको भूमिकाको लागि धन्यवाद दिंदै दिर्घकालिन लगानीको लागि स्रोत जुटाउन लामो समय देखि छलफलमा थाती रहेको स्थानीय मुद्रामा वोन्ड जारी गर्ने विषय आवश्यक भएको तर यसको मोडालिटी र जारी गर्ने समयको उपयुक्तताको विषयमा अध्ययन गरी अगाडी बढने विषयमा आफू सकारात्मक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्