रामेछापमा पहिलो पटक डुंगा दौड प्रतियोगिता «

रामेछापमा पहिलो पटक डुंगा दौड प्रतियोगिता

रामेछाप, ५ असार (कास): रामेछाप जिल्लामा नेपालकै पहिलो पटक डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
आफ्नो समुदायको पहिचान संरक्षण तथा पुराना खेलको जगेर्ना गर्ने उद्देश्यले रामेछापमा प्रथम डुंगा खुल्ला पुरुष दौड प्रतियोगिता आयोजना गरिएको रामेछाप माझी उत्थान संघका अध्यक्ष इन्द्रबहादुर माझीले जानकारी दिए ।
माझी भाषामा डुंगालाई लाउ र नदिलाई लदि भनिन्छ । उनीहरुको भाषामा लदिमा लाउ दौड ंप्रतियोगिता डबल र सिङ्गल गरी दुई विधामा खेलाइने छ ।

रामेछापमा पहिलो पटक डुंगा दौड प्रतियोगिता

रामेछाप जिल्ला खेलकुद विकास समितिका प्रमुख केशव कट्टेलका अनुसार सिङ्गलतर्फ २ जना र डबलमा ४ जना एक पटकमा सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगिता रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटमा सञ्चालन गरिने छ । २० जिल्लाबाट प्रतियोगी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
पानीमा डुंगा दौडाउने प्रतियोगिता भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखी ¥याफ्टिङसहितको गोताखोर पनि सँगसँगै रहने छ । साथै प्रतियोगितमा सहभागी खेलाडीहरु दुर्घटना भएमा प्रतिव्यक्ति २ लाख रुपैयाँ बिमाको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्