Logo

जिसस खोटाङमा गठबन्धन विजयी

जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनको प्यानल विजयी भएको छ ।  जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । 
सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट जिसस प्रमुख जसपाका सनबहादुर राई निर्वाचित भएका छन् । निर्वाचनमा जिल्लाका दुई नगरपालिकाका प्रमुख÷उपप्रमुख र आठ गाउँपाकिाका अध्यक्ष-उपाध्यक्ष गरी २० जना मतदाता थिए । जिसस प्रमुखमा निर्वाचित सनबहादुरले प्रतिस्पर्धी नेकपा एमालेका किशोर श्रेष्ठलाई १२ मतले पछि पारे । सनबहादुर १६ मत ल्याएर विजयी हुँदा किशोरले ४ मत प्राप्त गरे ।
जिसस उपप्रमुखमा गठबन्धनबाट माओवादीका सुरेश तामाङ विजयी भएका छन् । सुरेशले १६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका सन्तोष राईले ४ मत ल्याए ।
जिससको सदस्यहरूमा भने अरू दलले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।  खुला सदस्यमा कांग्रेसका दुर्गा घिमिरे, ज्ञानेन्द्र राई र मोहन सुप्तीहाङ, खुला महिला सदस्यमा कांग्रेसकी कला राई र एकीकृत समाजवादीकी दिलकुमारी राई र दलित सदस्यमा माओवादीकी चमेली विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन् । 
नवर्विाचित जिसस प्रमुख, उपप्रमुख र सदस्यहरूलाई सोमबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पद तथा गोपनीयताको शपथ खुवाएको छ । 
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुई नगरपालिकासहित ६ स्थानीय तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुखमा विजय हासिल गरेको थियो । कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३-३ स्थानीय तहको प्रमुख र उपप्रमुख गठबन्धन गरेर जितेको हो ।
माओवादी र एमालेले समान २-२ स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका थिए । — पवन खड्का

प्रतिक्रिया दिनुहोस्