नेपालमा पहिलोचोटी डिजिटल ठेगाना प्रणाली «

नेपालमा पहिलोचोटी डिजिटल ठेगाना प्रणाली

ठेगाना सर्भिसेज ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षसँगै ‘लन्च’ गरिएको आईओएस र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा चलाउन सकिने ‘ठेगाना एप’ निःशुल्क डाउनलोड गर्न सकिने भन्दै हाललाई सो एप एन्ड्रोइड अपरेटिङ सिस्टममा चलाउन सकिने र आईओएसमा एक हप्तापछि उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालको सतहलाई विभाजित गरिएको छ र हरेकवर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको छ । यी कोडहरूले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँछ, जसमार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपतकालीन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्काे स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्