सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता योजना

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्धती खाता सञ्चालनमा ल्याएको छ ।
यस खातामा ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रूपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।
साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरूबाट खोल्न सकिनेछ ।