Logo

मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा आयोजना गरेको बिदाइ कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले सफलताको शुभकामना दिनुभएको छ ।
नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले जानकारी दिएका छन् । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । जसकालागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस्