Logo

पाँचथरमा : २०७४ मा प्रमुखमा उठ्दा हारे, २०७९ मा उपप्रमुखमा जिते

पाँचथर – ५ वर्ष अघिको चुनाब र अहिलेको चुनाबमा धेरै परिवर्तन देखियो । पाँच वर्षमा खोलामा निकै पानी बग्यो । संयोग भनौँ, या नियतिको खेल, पाँच वर्षअघि पाँचथरमा मेयर र पालिका अध्यक्षमा उठेर पराजय भएका ३ जना उम्मेदवार अहिले उपमेर र पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।
२०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट फिदिम नगरपालिकाको मेयरमा राधाकृष्ण न्यौपाने उम्मेदवार बन्दै ३ हजार ८ सय ८३ मत ल्याउदै तेस्रो बनेका थिए । कांग्रेसका ओनाहाङ नेम्बाङ निर्वाचित र एमालेका राजकुमार भण्डारी उपविजेता बनेका थिए । तिनै राधाकृष्ण न्यौपाने अहिलेको निर्वाचन मार्फत उपमेयरमा निर्वाति हुँदै फिदिम नगरपालिकाको उपमेयरको कुर्सीमा पुगे । सक्ता गठबन्धनमाबाट मेयर कांग्रेस र उपमेयर माओबादीको भागमा परेपछि न्यौपाने उपमेयरमा लडेका थिए । निकटतम प्रतिद्धन्द्धी राप्रपाका जगत थापा मगरलाई फराकिलो मतान्तरले हराउँदै उनि उपमेयरमा निर्वाचित भए । न्यौपानेले ९ हजार ३६ मत प्राप्त गर्दा थापाले ५ हजार ६ सय ३४ मत मात्र प्राप्त गरे ।
पाँच वर्षअघि फालेलुङ गाउँपालिकामा कांग्रेसका सञ्चकुमार केरुङसँग १६२ मतले पालिका अध्यक्षमा पराजय भएका नेकपा माओबादी केन्द्रका महेन्द्रहाङ जबेगु यो पटक अध्यक्ष बन्न पाएन्न । सत्तारुढदलको गठबन्धन भएपछि फालेलुङ गाउँपालिका कांग्रेसको भागमा प्यो । जबेगुलाई पार्टिले उपाध्यक्षको टिकक दियो । पाँच वर्ष अगाडि १६२ मतले अध्यक्ष हुन नपाएका तिनै महेन्द्रहाङ जबेगु अहिलेको निर्वाचनमा उपाध्यक्षमा भारी मतान्तरमा एमालेका उम्मेदवारलाई हराउदै विजयी भए ।
ठाकुरसिं नेम्बाङ पनि नेकपा माओबादी केन्द्रको तर्फबाट २०७४ मा फाल्गुनन्द गाउँपालिकामा अध्यक्षमा उठेका थिए । ठाकुरसिं नेम्बाङले ७ सय ४४ मत प्राप्त गर्दै तेस्रो भएका थिए । २०७४ सालमा फाल्गुनन्दमा कांग्रेसका अमरकुमार नेम्बाङ निर्वाचित भएका थिए । पाँच वर्ष अघि अध्यक्षमा तेस्रो भएका नेम्बाङ ५ वर्षपछि उपाध्यक्षमा प्रथम हुँदै निर्वाचित भए । नेम्बाङले जसपा कि बबिता नेम्बाङलाई ६ सय ५८ मतले हराउँदै निर्वाचित भए । ठाकुरले ५ हजार १ सय १ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४ सय ४३ मत मात्र प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्