नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियार विजयी «

नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियार विजयी


सर्लाही -सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित निकाल्न सफल भएको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पजियारले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीलाई ३ हजार ५२ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार पजियारले ६ हजार ९ सय ३८ मत प्राप्त गरेका छन, भने उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिलकुमार बुढाथोकी ले ३ हजार ८ सय ८६ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५ हजार ५ सय ५२ मत प्राप्त गरेर विजयी भइन् । उनको निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत गरिन् । हरिपुर नगरपालिमा जम्मा ९ वटा वडा रहेकामा वडा नम्बर १ र ३ मा माओवादी केन्द्र, २ र ४ मा एमाले ५,६ र ७ मा कांग्रेस, ८ र ९ मा एकीकृत समाजवादीका वडाअध्यक्ष उम्मेदवार विजयी भएका हुन् ।

त्योसँगै सर्लाहीको २० पालिकाहरूमध्ये ३ पालिकाको मत परिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकाल्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्