महालक्ष्मी विकास बैंकद्वारा क्यूआर कोड वितरण

महालक्ष्मी विकास बैंकले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ ।
नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगञ्ज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा क्यूआर कोड वितरण गरेको हो ।
बैंकले उक्त क्षेत्रका फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्टलगायतका पसलमा क्यूआर कोड वितरण गरेको हो । क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो रूपमा प्रदान गर्दै आएको दावी गरेको छ ।